January 21, 2016
उद्देश्य
- कृषिको सघनीकरण तथा विविधीकरणमार्फत दिगो उत्पादन र उत्पादकत्व वृद्धि गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि बाली शत्रुहरूको समुचित व्यवस्थापन गर्दै एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) पद्धतिको व्यापक प्रयोग गर्ने।
- जीवनाशक विषादी व्यवस्थापन ऐन, २०७६ तथा नियमावली, २०८१ को परिधिभित्र रही विषादीको सुरक्षित प्रयोग र व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने।
- कृषकहरूको सहभागितामा जैविक विषादीको प्रभावकारिता अध्ययन गरी रोग तथा कीरा व्यवस्थापनमा यसको प्रयोगलाई प्रवर्द्धन गर्ने।
- प्रयोगशालामा एन्टोमोपाथोजेनिक निमाटोड उत्पादन गरी कृषकस्तरमा परीक्षण तथा वितरण गर्ने।
- बालीमा आकस्मिक रूपमा देखिने रोग तथा कीराहरूको पहिचान गरी प्रदेश तथा जिल्ला स्तरबाट नियन्त्रण तथा व्यवस्थापनमा सहयोग गर्ने।
- बाली शत्रु तथा मित्र कीराहरूको सर्वेक्षण/सर्भेलेन्स गरी सुदूरपश्चिम प्रदेशका जिल्लाहरूको प्रभाव नक्सा (Pest Map) तयार गर्ने तथा कृषकहरूलाई आवश्यक तालिम र प्रदर्शन कार्यक्रम सञ्चालन गर्ने।
- बाली संरक्षणसम्बन्धी नीति निर्माणमा नेपाल सरकार तथा सुदूरपश्चिम प्रदेश सरकारलाई आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने।
रणनीति
- बाली संरक्षण कार्यक्रमलाई सुदूरपश्चिम प्रदेशका जिल्लाहरूको उत्पादन कार्यक्रमसँग आवद्ध गर्ने।
- जिल्लामा देखिने रोग तथा कीराको प्रकोप न्यूनीकरणका लागि सर्वेक्षण, सर्भेलेन्स, आकस्मिक बाली संरक्षण सेवा तथा नियन्त्रण अभियान सञ्चालन गर्ने।
- खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रहरूमा एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) कार्यक्रमलाई पकेट क्षेत्रका कार्यक्रमसँग आवद्ध गरी कार्यान्वयन गर्ने।
- विषादी प्रयोगलाई न्यूनीकरण गर्न जीवनाशक विषादी ऐन तथा नियमावलीको पूर्ण पालना गर्दै सुरक्षित प्रयोगसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने।
कार्यक्रमहरू
(क) बाली संरक्षण कार्यक्रमहरू
- सुदूरपश्चिम प्रदेश स्तरमा पेष्ट म्याप (Pest Map) अद्यावधिक गर्ने।
- रोग तथा कीराहरूको सर्वे तथा सर्भेलेन्स कार्यक्रम सञ्चालन गर्ने।
- विषादीहरूको प्रदेशस्तरीय अभिलेख अद्यावधिक गर्ने।
- आकस्मिक बाली संरक्षण कार्यक्रम सञ्चालन गर्ने।
- अभियानमुखी बाली संरक्षण कार्यक्रम सञ्चालन गर्ने।
- सहभागितामूलक बाली संरक्षण कार्यक्रमहरू सञ्चालन गर्ने।
- विषादी तथा यसको प्रयोगसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने।
- नियमित बाली उपचार शिविर सञ्चालन गर्ने।
- रोग तथा कीराहरूको प्रदेशस्तरीय म्युजियम स्थापना तथा व्यवस्थापन गर्ने।
- जैविक विषादीहरूको प्रभावकारितासम्बन्धी अध्ययन कार्यक्रम सञ्चालन गर्ने।
(ख) प्रयोगशाला कार्यक्रमहरू
- बाली रोग तथा कीराहरूको प्रयोगशाला निदान सेवा सञ्चालन गर्ने।
- ट्राइकोडर्मा उत्पादन कार्यक्रम सञ्चालन गर्ने।
- विषादी अवशेष विश्लेषण कार्यक्रम सञ्चालन गर्ने।
- च्याउको बीउ (Spawn) उत्पादन तथा वितरण गर्ने।
(ग) तालिम कार्यक्रमहरू
- कृषकस्तरमा एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) पुनर्ताजगी तालिम सञ्चालन गर्ने।
- कृषकस्तरमा विषादी प्रयोग, प्रभाव तथा सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्ने।
- प्राविधिकस्तरमा बाली उपचार शिविर सञ्चालनसम्बन्धी तालिम प्रदान गर्ने।
