
ऐतिहासिक पृष्ठभूमिः
तत्कालिन कृषि विकास विभागको संगठनमा भएको सुधार अनुरुप २०४९ साउन १ गते देखि लागु हुने गरी बाली संरक्षण तथा व्यवसायीक कीट विकास महाशाखाको स्थापना भएकोे र त्यस पश्चात् क्षेत्रीय बाली संरक्षण प्रयोगशालाहरू स्थापना भए । नेपाल सरकार (मन्त्री परिषद ) को २०५२ असार ५ गतेको निर्णय अनुसार बाली संरक्षण महाशाखा को स्थापना र महाशाखाको मातहतमा रहि प्रयोगशालाले क्षेत्रीय स्तरमा प्राविधिक सेवा टेवा पु¥याउँदै आईरहेकोमा नेपाल सरकार (मन्त्री परिषद) को मिति २०५७ असार २६ गतेको निर्णय अनुसार बाली संरक्षण निर्देशनालयको स्थापना भयो र निर्देशनालयको मातहतमा क्षेत्रीय बाली संरक्षण प्रयोगशाला रहि बाली संरक्षण सम्बन्धी कार्यहरू सुचारुरुपले संचालन हुँदै आईरहेको छ ।
जिल्ला स्तरबाट संचालित बाली संरक्षण कार्यक्रम तथा कृषकहरूलाई बाली संरक्षण सम्वन्धि सेवा र टेवा पु¥याउने उदेश्यले २०४९÷४÷१ म कैलाली जिल्लाको धनगढिमा स्थापना भएको यस प्रयोगशाला पुनः २०६१÷०९÷१ मा सुन्दरपुर कन्चनपुरमा स्थानान्तरण भई यसको कार्यक्षेत्र सुदुर पश्चिमान्चल विकासक्षेत्रको ९ जिल्ला रहेको छ ।
परिदृष्ठि (Vision)
वर्तमान कृषि प्रविधिलाई आधुनिकीकरण गरि वाली संरक्षण कार्यक्रमलाई एकिकृतरुपमा संचालन गरेर विभिन्न रोग कीरा तथा अन्य प्रविधिको कमीवाट हुने क्षतीलाई कमी गरी वालीको उत्पादन तथा उत्पादकत्व ह्रास आउन नदिने ।
परिलक्ष्य (Mission)
विद्यामान कृषि प्रणालीमा एकिकृत वाली संरक्षण कार्यनीति अन्तर्गत कृषि व्यावसायलाई व्यावसायिकरण गर्न कृषक स्तरमा आवश्यक्ता अनुसारको सवै प्रविधिहरू कृषक स्तरमा हस्तान्तरण गर्न ।
मुख्य लक्ष्य (Goal)
प्राकृतिक तथा अप्राकृतिक तवरबाट कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्वामा हुने ह्रासलाई कमी गर्न वाली संरक्षणका विभिन्न प्रविधिको प्रवर्धन र एकिकृत उपयोगको माध्यमबाट वाली नालीको एकिकृत वाली नालीको एकीकृत व्यवस्थापन कार्यको व्यवस्थापन गर्ने ।
उद्देश्य
- कृषिको सघनीकरण र विविधीकरणबाट दीगो उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने राष्ट्रिय उद्देश्य प्राप्तीको लागि बाली शत्रुहरूको समुचित व्यवस्थापन गर्न एकीकृत शत्रुजीव व्यवस्थापन पद्धतिको व्यापक उपयोग गर्ने ।
- जीवनाशक विषादी ऐन २०४८ र नियमावली २०५० को पहिलो संशोधन २०६४ को परिधिभित्र रही विषादीको सुरक्षित प्रयोग र व्यवस्थापन गन जनचेतना अभिबृद्धि गर्ने ।
- कृषकहरूको सहभागितामा जैबिक बिषादीको प्रभावकारिता अध्ययन गरि रोग कीरा व्यबस्थापनमा जैबिक बिषादीको प्रयोगमा बढावा दिने ।
- प्रयोगशालामा ईन्टोमोपाथोजेनिक निमाटोड उत्पादन गरि कृषक स्तरमा वितरण तथा परिक्षण गर्ने ।
- बाली विरुवाहरूमा आकस्मिकरुपमा देखिने रोगकीराहरूको पहिचान गरी क्षेत्रीय स्तरबाट नियन्त्रणरव्यवस्थापन गर्न सहयोग गर्ने ।
- बाली शत्रु÷मित्रुको सर्भे÷सर्भेलेन्स गरी जिल्ला र क्षेत्रीयस्तरको प्रभाव नक्शा तयार गरी कृषकहरूलाई आवश्यक तालीम र प्रदर्शन कायक्रम संचालन गर्ने ।
- राष्ट्रियस्तरमा बाली संरक्षण सम्बन्धी नीति निर्माणमा नेपाल सरकारलाई आवश्यक सहयोग पु¥याउने ।
रणनीति
- बाली संरक्षण कार्यक्रमलाई जिल्लाको उत्पादन कार्यक्रमसंग आवद्ध गर्ने । जिल्लामा देखिने रोगकीराको प्रकोपलाई न्यून गर्न सर्भे सर्भेलेन्स र आकस्मिक बाली संरक्षण सेवा, रोगकीरा नियन्त्रण अभियान जस्ता कार्यक्रम संचालन गर्ने ।
- खाद्यान्न तथा तरकारी उत्पादन क्षेत्रहरूमा एकीकृत शत्रु जसंीव व्यवस्थापन कार्यक्रमलाई पकेट क्षेत्रमा संचालन हुने कार्यक्रमसँग आवद्ध गर्ने ।
- विषादीहरूको प्रभाव न्यून गर्ने सिलसिलामा जीवनाशक ऐन र नियमावलीको पूर्णपालन गरी विषादी प्रयोगलाई न्युनिकरण गर्ने कार्यक्रम संचालन गर्ने ।
कार्यनीतिः
एकीकृत शत्रुजीव व्यवस्थापनको अवधारणालाई बाली संरक्षण कार्यक्रमको केन्द्रविन्दुमा राख्ने । दीर्घकालिन कृषि योजनाले निर्दिष्ट गरेका क्षेत्रहरूका बालीहरू (विशेष गरी धान, तरकारी, फलफुल) मा देखापर्ने शत्रुजीवहरूको समुचित व्यवस्थापन गर्न कृषक समूह मार्फत कृषक पाठशाला संचालन गर्ने ।
- जिल्लास्तरका सम्पूर्ण बाली संरक्षण कार्यक्रमहरूको प्राविधिक सुपरिवेक्षण अनुगमन र थप सेवा टेवा पु¥याउने ।
- बाली संरक्षण कार्यमा संलग्न राष्ट्रिय, अन्र्तराष्ट्रिय, सरकारी, गैह्र–सरकारी र निजीक्षेत्रका संघ÷संस्था विच समुचित समन्वय राखी कार्य गर्ने ।
- बाली संरक्षण क्षेत्रमा कार्यरत प्राविधिकहरूको कार्य दक्षता बढाउन विषय विशेष (बाली संरक्षण) सम्बन्धी ज्ञान र शीपको अभिवृद्धि गर्न आवश्यक सहयोग पु¥याउने र समय सापेक्ष तालीमको आयोजना गर्ने ।
संस्थागत व्यवस्थाः
नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०६०÷०८÷०४ को कृषि तथा सहकारी मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत भए अनुसार पुर्नगठित कृषि विभागको नयाँ संरचना अनुसार बाली सरक्षण ंनिर्देशनालय अन्र्तगत प्रत्यक्ष रुपमा पाँच बिकास क्षेत्रमा निम्न लिखितबाली संरक्षण प्रयोगशालाहरू कार्यरत छन् । (१) विराटनगर, मोरङ (२) हरिहर भवन, ललितपुर (३) पोखरा, कास्की (४) खजुरा, बाँके (५) सुन्दरपुर, कन्चनपुर |
वाली संरक्षण कार्यक्रमका चुनौतीहरूः
नेपालमा वाली संरक्षणका कार्यक्रमहरू जति संचालन भएका छन त्यसवाट आउनु पर्ने प्रतिफल नेपाल सरकारले सोचे अनुसार आउन सकेको छैन । यसका विभिन्न कारणहरू भए ता पनि मुख्य कारण जनचेतनामा परिवर्तन नआएसम्म उपयुक्त प्रविधिको विकास तथा विस्तार गर्न सकिदैन । कुन वालीको कुन अवस्थामा के कस्ता कृयाकलापहरू संचालन गर्नु पर्ने हो या प्रयोग गर्न सकिने वस्तुहरू र परिमाण तथा परिणामका वारेमा विज्ञ हुन पनि जरुरी छ । हाल नेपालमा वाली संरक्षणका विभिन्न कार्यक्रमहरू संचालनमा रहेता पनि यसको प्रभावकारिता कति रहेको छ सो हेर्ने हो भने तपसिलका वुदाहरूले केही न केही रुपमा प्रभाव पारेको पाईन्छ ।
चुनौतीहरू
- जनचेतनामा कमी ।
- उत्पादन तथा उत्पादकत्वको आसमा तत्काल जथाभावी रासायनिक विषादीको प्रयोग ।
- घरेलु जडवुटीवाट उत्पादन हुने वस्तुलाई सरकारी स्तरवाट पहल नहुनु ।
- शत्रुजीव र मित्रजीवको सहि व्यवस्थापन नहुनु ।
- स्थलगत वाली उपचार शिविरमा एग्रोभेट संचालकहरूको संलग्नता नरहनु ।
- स्थलगत वाली उपचार शिविरमा प्राथमिक उपचारको व्यवस्था मिलाउनु पर्ने ।
- सिमित मात्रामा उत्पादित वस्तुले पनि प्रोत्साहन नपाउनु ।
- खेतीयोग्य जमिन खण्डीकरण भएकोले वाली चक्र पविर्तन गर्न नसक्नु ।
- वालीको संभाव्यता अनुसार ग्रामिन पूर्वाधारहरूको अभाव ।
- उत्पादन पश्चात वाली अनुसारको ग्रेडिङ्ग मापदण्डको निर्धारणमा अभाव ।
- नेपालमा उत्पादित वस्तुलाई अन्राष्ट्रियकरण गर्न नसक्नु ।
- उत्पादित वस्तुको प्रशोधन प्रविधिको अभाव ।
- वालीको पकेट क्षेत्र अनुसार दक्ष प्राविधिक जनशक्तिको कमी ।
वर्तमान अवस्थाः
नेपालका ६० प्रतिशत भन्दा बढी जनताहरू जीविकोपार्जनका लागि कृषि क्षेत्रमा आश्रित रहँदै आएका छन् । यस परिप्रेक्षमा जवसम्म कृषि क्षेत्रको विकास हुन सक्दैन तवसम्म बहुसंख्यक गरीब जनताको जीवनस्तर माथि उठ्न नसक्ने तथ्य निर्विवाद छ । कृषि क्षेत्रको दिगो विकास नेपालका लागि अपरिहार्य मात्र होइन, अत्यावश्यक नै छ ।
विगत ३०–४० वर्ष पहिलेसम्म धेरै कृषकहरूले स्थानीय जातका बाली बिरुवाहरू लगाउने प्रचलनले गर्दा रोगकीराहरूबाट त्यति नोक्सानी हुँदैन थियो । कुनै स्थान विशेषमा यस्ता समस्या आईपरे पनि स्थानीय क्षेत्रमा पाइने श्रोत, साधन र प्रविधिबाट तिनको नियन्त्रण तथा व्यवस्थापन गर्ने गरिन्थ्यो तर प्रविधीे विकासको साथ साथै बढ्दो जनसंख्यालाई आवश्यक पर्ने कृषिजन्य वस्तुहरूको उत्पादन बढाउने क्रममा उन्नत जात, रासायनिक मलको प्रयोग, व्यवसायीक खेती प्रणालीको विकासले गर्दा तिनमा लाग्ने रोग कीरा, झारपातको प्रकोप पनि बढ्दै गएको पाईन्छ । यसै परिप्रेक्षमा विभिन्न बालीनाली (खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल आदि) मा स्थान विशेष वर्षेनी नोक्सानी पु¥याउने शत्रु जीवहरू (कीरा, रोग, झारपात, चरा, मुसा इत्यादि) बाट बाली भित्राउनु अघि खेतवारीमा र पछि भण्डारणसम्म भै रहेको नोक्सानी (२०–३५ प्रतिशत) लाई कम गरी दिगो रुपमा कृषिजन्य वस्तुहरूको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा बाली संरक्षण पक्षको महत्वपूर्ण भूमिका हुने गर्दछ । विभिन्न प्रकारका रोग, कीरा, झारपात व्यवस्थापन गर्नमा प्रयोग हुँदै आएको विषादीको बढ्दो प्रयोगले मानिस, जनावर र वातावरणलाई प्रभाव पार्दै आइरहेको स्थितिलाई समयमै सर्तकभै सो को वुद्धिमत्तापूर्ण व्यवस्थापन गर्न कृषि विकास रणनिति लगाएत कृषि विकासका सबै नीति, रणनीति र योजनाहरूले एकीकृत शत्रुजीव व्यवस्थापन पद्धतिलाई बाली संरक्षण विधाको केन्द्र विन्दुको रुपमा अङ्गिकार गरी रोग, कीरा, झारपात व्यवस्थापन कार्यक्रमहरू संचालन हुँदै आईरहेका छन् ।
२०४९ सालमा क्षेत्रीय वाली संरक्षण प्रयोगशाला स्थापना भए देखि यस प्रयोगशालावाट शुरुमा सानो रुपवाट वाली संरक्षणका कार्यक्रमहरू शुरु गरि क्षेत्रीय अभिलेख तयार गर्ने कार्यसम्पन्न पश्चात सो का आधारमा कार्यक्रमहरू तय गरि जिल्ला कृषि विकास कार्यालयसंग समन्वय गरेर कार्यक्रमहरू शुरु गरेको थियो भने यस पछि विभिन्न कार्यक्रमहरूको विस्तार गर्दे कृषकहरूको आवश्यक्ता, वाली विरुवाहरूको पकेट क्षेत्र तथा पहिचानका आधारमा हाल आएर तपसिलका कार्यहरूमा जोड दिंदै विभिन्न कार्यक्रमहरू संचालन भईरहेका छन् ।
तपसिल
क) क्षेत्रीय वाली संरक्षण प्रयोगशालावाट संचालन भईरहेका वाली संरक्षण कार्यक्रमहरू
- क्षेत्रीय पेष्टम्याप अध्यावधिक गर्ने कार्यक्रम ।
- रोग कीराहरूको सर्वे एण्ड सर्भिलेन्स कार्यक्रमहरू ।
- विषादीहरूको क्षेत्रीय अभिलेख अध्यावधिक गर्ने कार्यक्रम ।
- क्षेत्रीय स्तर आकस्मिक वाली संरक्षण कार्यक्रमहरू ।
- अभियानमूलक वाली संरक्षण कार्यक्रमहरू ।
- सहभागिमूलक कार्यक्रमहरू ।
- विषादी र विषादीरुको प्रयोग संवन्धि जनचेतना कार्यक्रमहरू ।
- नियमित वाली उपचार शिविर संचालन कार्यक्रमहरू ।
- रोग कीराहरूको क्षेत्रीय म्यूजियम तयार गर्ने कार्यक्रम ।
- जैविक विषादीहरूको प्रभावकारिता संवन्धि अध्ययन कार्यक्रमहरू ।
ख) प्रयोगशाला निदान कार्यक्रमहरू
- ट्राईकोडर्मा उत्पादन कार्यक्रमहरू ।
- विषादी अवशेष विष्लेषण कार्यक्रमहरू ।
- च्याउ विउ उत्पादन तथा वितरण कार्यक्रमहरू ।
ग) तालिम कार्यक्रमहरू
- कृषक स्तर आई.पी.एम. पुनरताजगी तालिम ।
- कृषक स्तर विषादी र यसको प्रयोग तथा प्रभाव संम्बन्धि तालिम ।
- प्राविधिक स्तर वाली उपचार शिविर संचालन संवन्धि तालिम ।