ऐतिहासिक पृष्ठभूमि
तत्कालीन कृषि विकास विभागको संगठन सुधारअनुसार वि.सं. २०४९ साउन १ गतेदेखि लागू हुने गरी बाली संरक्षण तथा व्यावसायिक कीट विकास महाशाखाको स्थापना गरिएको थियो। त्यस पश्चात् क्षेत्रीय बाली संरक्षण प्रयोगशालाहरू स्थापना गरिएका थिए।
नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०५२ असार ५ गतेको निर्णयअनुसार बाली संरक्षण महाशाखाको स्थापना भई सोही महाशाखाको मातहतमा रहँदै प्रयोगशालाले क्षेत्रीय स्तरमा प्राविधिक सेवा प्रदान गर्दै आएको थियो। तत्पश्चात् नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०५७ असार २६ गतेको निर्णयअनुसार बाली संरक्षण निर्देशनालय स्थापना भई सो निर्देशनालयको मातहतमा क्षेत्रीय बाली संरक्षण प्रयोगशालाहरू सञ्चालनमा रहेका थिए।
जिल्लास्तरबाट सञ्चालित बाली संरक्षण कार्यक्रम तथा कृषकहरूलाई सेवा प्रवाह गर्ने उद्देश्यले वि.सं. २०४९/०४/०१ मा कैलाली जिल्लाको धनगढीमा स्थापना भएको यो प्रयोगशाला वि.सं. २०६१/०९/०१ मा कञ्चनपुरको सुन्दरपुरमा स्थानान्तरण गरिएको हो। हाल यो कार्यालय सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालय मातहत रहेको छ र यसको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेशका ९ जिल्लाहरूमा विस्तार भएको छ।
परिदृष्टि (Vision)
आधुनिक कृषि प्रविधिको प्रयोगद्वारा बाली संरक्षण कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गरी रोग, कीरा तथा प्रविधिको अभावबाट हुने क्षति न्यून गर्दै बालीको उत्पादन र उत्पादकत्वमा ह्रास आउन नदिने।
परिलक्ष्य (Mission)
एकीकृत बाली संरक्षण कार्यनीतिअनुसार कृषि प्रणालीलाई व्यावसायीकरण गर्न आवश्यक प्रविधिहरू कृषकस्तरसम्म हस्तान्तरण गर्ने।
मुख्य लक्ष्य (Goal)
प्राकृतिक तथा अप्राकृतिक कारणले कृषि उत्पादन र उत्पादकत्वमा हुने ह्रासलाई न्यूनीकरण गर्न बाली संरक्षण प्रविधिको प्रवर्द्धन तथा एकीकृत प्रयोगमार्फत बाली व्यवस्थापन सुदृढ गर्ने।
उद्देश्यहरू
- बाली शत्रुहरूको व्यवस्थापनका लागि एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) को व्यापक प्रयोग गर्ने।
- जीवनाशक विषादी व्यवस्थापन ऐन २०७६ तथा नियमावली २०८१ अनुसार विषादीको सुरक्षित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने।
- कृषक सहभागितामा जैविक विषादीको प्रभावकारिता अध्ययन गरी यसको प्रयोगलाई प्रोत्साहन गर्ने।
- प्रयोगशालामा जैविक बिषादी तथा गुणस्तर च्याउको बिउ उत्पादन गरी कृषकस्तरमा वितरण गर्ने।
- आकस्मिक रूपमा देखिने रोगकीराको पहिचान तथा व्यवस्थापनमा सहयोग गर्ने।
- शत्रु तथा मित्र जीवहरूको सर्वेक्षण गरी प्रभाव नक्सा तयार गर्ने।
- बाली संरक्षणसम्बन्धी नीति निर्माणमा नेपाल सरकारलाई सहयोग पुर्याउने।
रणनीतिहरू
- बाली संरक्षण कार्यक्रमलाई जिल्लाको उत्पादन कार्यक्रमसँग समन्वय गर्ने।
- रोगकीराको प्रकोप न्यूनीकरणका लागि सर्वे–सर्भिलेन्स तथा आकस्मिक कार्यक्रम सञ्चालन गर्ने।
- पकेट क्षेत्रहरूमा IPM कार्यक्रम सञ्चालन गर्ने।
- विषादी प्रयोग न्यूनीकरण गर्न सम्बन्धित ऐन–नियमको पूर्ण पालना गर्ने।
कार्यनीतिहरू
- बाली संरक्षण कार्यक्रमको केन्द्रमा एकीकृत शत्रुजीव व्यवस्थापन अवधारणा लागू गर्ने।
- कृषक समूहमार्फत कृषक पाठशाला सञ्चालन गर्ने।
- जिल्लास्तरका कार्यक्रमहरूको प्राविधिक अनुगमन तथा सुपरिवेक्षण गर्ने।
- सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच समन्वय सुदृढ गर्ने।
- प्राविधिकहरूको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने।
संस्थागत व्यवस्था
संघियता अघि नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०६०/०८/०४ मा स्वीकृत संरचनाअनुसार कृषि विभागअन्तर्गत बाली संरक्षण निर्देशनालयमार्फत पाँच विकास क्षेत्रमा बाली संरक्षण प्रयोगशालाहरू सञ्चालनमा रहेका थिए
- विराटनगर, मोरङ
- हरिहर भवन, ललितपुर
- पोखरा, कास्की
- खजुरा, बाँके
- सुन्दरपुर, कञ्चनपुर
हाल यो प्रयोगशाला सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालय मातहत रहेको छ ।
चुनौतीहरू
- जनचेतनामा कमी
- रासायनिक विषादीको अव्यवस्थित प्रयोग
- जैविक विकल्पहरूको प्रवर्द्धनमा कमी
- शत्रु तथा मित्र जीव व्यवस्थापनमा कमजोरी
- प्राविधिक जनशक्तिको अभाव
- कृषि पूर्वाधारको कमी
- उत्पादन पश्चात् व्यवस्थापन तथा बजारिकरणमा समस्या
वर्तमान अवस्था
नेपालका ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषि क्षेत्रमा निर्भर रहेको छ। कृषि क्षेत्रको दिगो विकासबिना जनताको जीवनस्तर उकास्न सम्भव छैन।
आधुनिक प्रविधिको प्रयोगसँगै उन्नत बाली, रासायनिक मल तथा व्यावसायिक खेती प्रणालीको विकास भए पनि रोग, कीरा तथा झारपातको समस्या बढ्दै गएको छ। विभिन्न अध्ययनअनुसार बाली उत्पादनमा २०–३५ प्रतिशतसम्म नोक्सानी हुने गरेको छ।
यस अवस्थालाई ध्यानमा राख्दै एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) लाई बाली संरक्षणको प्रमुख आधार मानी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
सञ्चालित कार्यक्रमहरू
(क) बाली संरक्षण कार्यक्रमहरू
- पेस्ट म्याप अद्यावधिक
- रोगकीरा सर्वे–सर्भिलेन्स
- विषादी अभिलेख व्यवस्थापन
- आकस्मिक बाली संरक्षण सेवा
- जनचेतना तथा उपचार शिविर
- जैविक विषादी अध्ययन
(ख) प्रयोगशाला कार्यक्रमहरू
- ट्राइकोडर्मा उत्पादन
- विषादी अवशेष विश्लेषण
- च्याउ बीउ उत्पादन
(ग) तालिम कार्यक्रमहरू
- कृषकस्तर IPM तालिम
- विषादी प्रयोग सम्बन्धी तालिम
- प्राविधिक तालिम कार्यक्रम
